Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाली सडक बालबालिकाले विश्व कप खेल्दै

नेपाली सडक बालबालिकाले विश्व कप खेल्दै

काठमाण्डौं, १२ बैशाख । सेल्टर आश्रय नेपालको आयोजनामा आउँदो मे ९ देखि १८ तारिखसम्म रुसको राजधानी मस्कोमा आयोजना हुने सडक तथा असहाय बालबालिकाका लागि विश्वकप फुटवल प्रतियोगितामा नेपाली सडक बालबालिकाहरु पनि सहभागिता जनाउने भएका छन् । उक्त खेलमा नेपाल सहित २२ देशमा २४ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।

जसमा छात्र र छात्रामा समान १२ ÷१२ बटा टिम रहने छ । सहभागिता जनाउने नेपाली टोली अहिले बालकुमारीस्थित वेस्टार रेसिडेन्सीमा बन्द प्रशिक्षणमा रहेको जनाइएको छ । नेपाली टोलीको मेन स्पोन्सरको रुपमा वेस्टर प्रोपटीज रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x