Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक क्वीन्टल चरेस सहित एकजना पक्राउ

एक क्वीन्टल चरेस सहित एकजना पक्राउ

धनगढी, १६ माघ । धनगढी उपमहानगरपालिका–१८ पच्चिस घर फूलबारीबाट एक क्वीन्टर बराबरको चरेस आइतबार बरामद गरिएको छ । बरामद गरिएको उक्त चरेश बझाङबाट आयात गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) बाट खटिगएको प्रहरी टोलीले फुलबारी पच्चिस घर भएका देबबहादुर सिंहको घरबाट उक्त परिमाणको चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
सिंहको घरमा बोरामा प्याक गरेर लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले आइतबार दिउ“सो उक्त चरेस बरामद गरेको हो । प्रहरीले अनुसन्धानका लागि सिंहलाई हिरासतमा लिएको छ भने उक्त कार्यका संलग्न गिरोहको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
सो परिमाणको चरेश पक्राउपश्चात सुदूरपश्चिम प्रहरी प्रमुख विजय भट्टले घटनास्थलको स्थलगत निरिक्षण समेत गरेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x