Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न सकेन् ः नेता भट्ट

संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न सकेन् ः नेता भट्ट

धनगढी, २० माघ । एनेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य लेखराज भट्टले संसदमा दर्ता भएको संविधान संशोधनले जनताको मनोविज्ञानलाई समेट्न नसकेको बताएका छन् । आज गेटा विमानस्थलमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य टंक कुवँरले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले संविधान कार्यान्यनका लागि निर्वाचन हुनु आवश्यक भएको बताउँदै त्यसका लागि जतिसक्दो चाँडो सहमति जुटाएर मिति घोषणा गर्नुपर्ने बताए । अहिले सरकारले निर्वाचनमा केन्द्रित रहेर अघि बढ्ने बेला भएको उनको भनाई थियो ।
पूर्वमन्त्री समेत रहेका भट्टले संघीय संरचनामा देश जाँदा फरक नपर्ने र कहकतैका भू–भागहरु नमिलेकाले त्यसलाई मिलाएर विवाद सुल्झाउनेतिर लाग्नुपर्ने धारणा व्यक्त गरे । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले सात नं. प्रदेश यथास्थितीमै रहने दाबी गरे ।
उनले भने कैलाली कञ्चनपुर टुक्रयाउने कुरा साँचो नभएको बताए । उनी पार्टी र जनवर्गी संगठनका बैंठकहररुमा सहभागी हुन कैलाली पुगेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x