Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सम्भाव्यता अध्ययन गर्न लगानीकर्ताको टोली धनगढीमा

सम्भाव्यता अध्ययन गर्न लगानीकर्ताको टोली धनगढीमा

विरेन्द्र भट्ट
माघ २०, धनगढी । सुदूरपश्चिम ९सुप०को लगानी सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट १५ जना लगानीकर्ताको टोली शुक्रवार धनगढी आउने भएको छ । सुदूरपश्चिममा लगानीयोग्य क्षेत्रका रूपमा मुख्यतया कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी र पूर्वाधारलगायत विषयमा कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने कार्यशाला गोष्ठी तथा सेमिनारमा सहभागी हुन टोलीलाई आमन्त्रण गरिएको कैलाली उद्योग वाणिज्य सङ्घले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, विशिष्ट अतिथि उपाध्यक्ष भवानी राणा रहने गरी उद्योग वाणिज्य सङ्घका कैलालीका अध्यक्ष शङ्कर बोगटीले बताए । गत मङ्सिरमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवलाई यस वर्षदेखि लगानी दशक सुदूरपश्चिमका रूपमा अगाडि बढाएको जानकारी गराउँदै अध्यक्ष बोगटीले यहाँका सम्भावना, लगानीयोग्य क्षेत्र, अवसरलगायत विषयमा कार्यपत्र नै प्रस्तुत गरी लगानीकर्ताको ध्यानाकर्षण गराउने बताए । यसका लागि सङ्घले शेखर गोल्छा, चन्द्र ढकाल, अञ्जन श्रेष्ठ, राज शाह, ज्ञानेन्द्रलाल प्रधान, चण्डीराज ढकाल, उपेन्द्र महतो, चिरञ्जीवी थापा, अजित बस्नेत, प्रवल पाण्डे, भरत आचार्य, हेमराज ढकाल तथा श्रीकृष्ण श्रेष्ठलाई आमन्त्रण गरेको र सबै उद्योगी धनगढी आउने पक्का भइसकेको अध्यक्ष बोगटीले बताए ।

सुपमा रहेका अथाह सम्भावनालाई पहिचान गरी तत्काल लगानी गर्नुपर्ने क्षेत्र र त्यसबाट हुने आर्थिक लाभलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी यस क्षेत्रमा लगानी भिœयाउने अपेक्षाका साथ यस प्रकारको कार्यक्रम पहिलोपटक आयोजना गरिएको सङ्घका पूर्वअध्यक्ष दिनेशराज भण्डारीले बताए । यहाँ विशेष आर्थिक क्षेत्र ९सेज० हेर्ने कार्यालय नै स्थापना भइसकेकाले लगानीको सुनिश्चितता हुनेमा आफूहरू आशावादी रहेको उनको भनाइ छ । दक्षिणका नाका व्यवस्थापन र उत्तरका नाका खोल्ने विषयमा सरकारसमेत सकारात्मक भएकाले यहाँ लगानीकर्तालाई थप सहज हुनेमा कुनै सन्देह नभएको निजीक्षेत्रको भनाइ छ । कार्यक्रममा डोटी उद्योग वाणिज्य सङ्घ, टीकापुर उद्योग वाणिज्य सङ्घ, अछाम उद्योग वाणिज्य सङ्घ, दार्चुला उद्योग वाणिज्य सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, बैतडी उद्योग वाणिज्य सङ्घ, डँडेलधुरा उद्योग वाणिज्य सङ्घ, कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् प्रतिनिधि सहभागी हुनेछन् ।

कार्यक्रममा सुदूरपश्चिममा रहेका सम्भावना र लगानीयोग्य क्षेत्र विषयमा न्यू बिजनेश एजका अध्यक्ष एवम् आर्थिक अभियान दैनिकका प्रधान सम्पादक मदन लम्सालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको सङ्घले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x