Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चौतारी लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई गर्याे नियुक्त

चौतारी लघुवित्तले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई गर्याे नियुक्त

काठमाडौं, २५ वैशाख । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन गर्नको लागि निष्कासन तथा विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ । लघुवित्तले प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा ५ लाख ४० हजार कित्ता साधारण शेयर निष्कासन गर्ने जनाएको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको महाप्रबन्धक मेख बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

यस चौतारी लघुवित्तको अधिकृत पूँजी ३० करोड रुपैयाँ, जारी पूँजी १८ करोड रुपैयाँ र चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि लघुवित्तकोे चुक्ता पूँजी १८ करोड रुपैयाँ पुग्ने छ ।

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ साल चैत्र महिना ९ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७२ साल मार्ग ९ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त गरेको यस वित्तीय संस्थाले २०७२ सालपौष १९ गतेदेखि आफ्नो वित्तीय कारोवारको सुरु गरेको हो । वुटवलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले चालुु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म आफ्ना ेकार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ्ग, प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्ला भित्र ३४ वटा शाखा कार्यालयहरु मार्फत् २२ हजार ९०८ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी १७ करोड ६४ लाख ५२ हजार रुपैयाँ बचत संकलन तथा.६१ करोड ५० लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह रहेको छ । यसैगरी समिक्षा अवधिमा लघुवित्तले.६५ लाख ४२ हजार रुपैयाँ खुद मुुनाफा आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x