Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

व्यापारघाटा कम गर्न रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनमा जोड

व्यापारघाटा कम गर्न रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धनमा जोड

काठमाडौं, २ जेठ । व्यवसायीहरुले बढ्दो व्यापारघाटा कम गर्न नेपालको रत्न तथा आभूषण क्षेत्रको प्रवद्र्धन गर्न जरुरी रहेको बताएका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा संचालित निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनमा आभूषण क्षेत्रको योग्दान ः संभावना र उपाय विषयक छलफल कार्यक्रममा व्यवसायीहरुले सो कुरा बताएका हुन । उक्त छलफलको आज प्रदेश नं १, २ र ७ का मुख्य मन्त्रीहरुले संयूक्त रुपमा गरेका थिए ।

व्यवसायीहरुका अनुसार नेपालको कुल निर्यात व्यापारमा आभूषण क्षेत्रको योग्दान करिब १५ प्रतिशत रहेको छ । त्यसकारण स्वदेशी रत्न, पत्थरको प्रवद्र्धन गरे आगामी दिनमा आयात प्रतिस्थापनामा ठुलो मदत पुग्न जाने व्यवसायीहरुको तर्क छ । उच्च गुणस्तर र संस्कृतिक विविधताका कारणले अन्तर्राष्ट्रिय बजारमा नेपाली गहनाको माच उच्च रहेको भन्दै उनीहरुले सुन आयात र बिक्रिलाई सरल र पारदर्शी बनाउन पनि सरकारसँग माग गरे ।

नेपाल सरकारको आकडा अनुसार नेपालमा विभिन्न खानीहरुमा ६६ प्रकारका रत्न, पत्थर, धातु लगायतका खनिज द्रव्य रहेको छ । महासंघका अनुसार रत्न तथा आभूषण क्षेत्रमबाट वार्षिका आठ अर्व रुपैयाँको राजस्वमा योग्दान दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x