Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २ जेठ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब राज पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेको एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् । उक्त कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्वय राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरलर इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक द्वय शरण रेग्मी र पवन थापाको पनि उपस्थिती रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x