Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१ सय ४१ ले चुमे सगरमाथाको शिखर, २२ पटक आरोहण गरि कामिरिताले राखे विश्व रेकर्ड

१ सय ४१ ले चुमे सगरमाथाको शिखर, २२ पटक आरोहण गरि कामिरिताले राखे विश्व रेकर्ड

काठमाडौं, ३ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्त ऋतुमा चौथो दिनसम्म १ सय ४१ जनाले आरोहण गरेका छन् ।पहिलो दिन मे १३ मा ८ जना नेपालीले डोरी टाँग्ने कामसँगै सगरमाथाको सफल आरोहण गरेर सुरु भएको आरोहणमा दोस्रो दिन १८ जना विदेशी र २१ जना नेपालीसहित ३९ जनाले सफल आरोहण गरेका थिए । तेस्रो दिन अर्थात् मे १५ का दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण हुन सकेन ।

त्यस्तै चौथो दिन अर्थात बुधबार भने ५३ जना नेपाली र ४१ जना विदेशी गरी ९४ जना आरोहीले सगरमाथाको शिखर चुमेका छन् । यसैबीच, एकजना आरोही बेपत्ता भएको पर्यटन विभागले जनाएको छ । मे १४ का दिन शिखर चुम्न गएका लामबाबु शेर्पा हराइरहेका छन् ।

बुद्यबार शिखर चुमोका कामिरिता शेर्पाले भने २२ औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका छन् । ४८ वर्षीय शेर्पाले यसअघि २१ पटक सगरमाथाको शिखरमा पाइला टेकेका आप्पा शेर्पाको विश्व कीर्तिमानी तोडेको सरकारका तर्फबाट सगरमाथा आधारशिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x