Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रैराङ जलविद्युतको प्राथमिक शेयरको बिक्री बन्द आजे हुँदै

रैराङ जलविद्युतको प्राथमिक शेयरको बिक्री बन्द आजे हुँदै

काठमाडौं, ३ जेठ । रैराङ जलविद्युत विकास कम्पनीले सर्वसाधारणहरुलाई जारी गरेको प्राथमिक शेयरको बिक्री बन्द आज जेठ ३ गते हुँदैछ । कम्पनीले प्राथमिक शेयरको बिक्री खुल्ला वैशाख ३१ गतेदेखी गरेको थियो । यस कम्पनीले ८ लाख ४० हजार कित्ता प्राथमिक शेयरको बिक्री खुल्ला गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको ८ करोड ४० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले निष्कासन गरेको ८ लाख ४० हजार कित्ता प्राथमिक शेयर मध्ये ३३ हजार ६ सय कित्ता कर्मचारीहरुका लागि, ४२ हजार कित्ता शेयर संचालनमा रहेका सामुहिक लगानी कोष प्रबद्र्धकहरुका लागि छुट्टाएको छ । यस्तै बाँकी रहेका ७ लाख ६४ हजार ४ सय कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्ने जनाएको छ ।

कम्पनीले सो प्राथमिक शेयरको बिक्री प्रबन्धक तथा निष्कासनकर्तामा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ । उक्त प्राथमिक शेयर एनआईविएल एस क्यापिटलको कार्यलय लाजिम्पाट, रैराङ जलविद्युत विकास कम्पनीको कार्यलय थापाथली र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था मार्फत आवेदन दिन सकिने जनाइएको छ ।

कम्पनीले निष्कासन गर्न लागेको उक्त प्राथमिक शेयर कम्पनीको कुल पुँजीको १५ प्रतिशत हो । कम्पनीले ७५ प्रतिशत शेयर आफ्नो स्वामित्वमा राख्ने छ र बाँकी रहेको १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियहरुलाई दिने जनाएको छ ।

यस कम्पनीले धादिङ जिल्लामा ५०० किलोवाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ । यस्तै कम्पनीले ९.९० मेगावाट क्षमताको ईवाखोला जलविद्युत परियोजना ताप्लेजुङ्ग र पाँचथर जिल्लाको सिमानामा निर्माण गरिरहेको छ । कम्पनीको हाल अधिृकत पुँजी १ अर्ब रुपैयाँ र चुक्ता पुँजी ४२ करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x