Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

काठमाडौं, ३ जेठ । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबार मार्गमा रहेको मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पलवल्र्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ ।

यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वल्र्डले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ ।

जेठ ३ देखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पलवल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्ट फोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टागर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वल्र्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए ।

एप्पल वल्र्डमा मोबाइल खरिद गर्नेहरु लाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ ।
एकै छानामुनी बिश्व बजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वल्र्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x