Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मुर्ति कुदेर स्वदेशमै मनग्य आम्दानी

मुर्ति कुदेर स्वदेशमै मनग्य आम्दानी

काठमाडौं, ३ जेठ । मुलुक भित्र उचित रोजगारीको अभावमा बैदेशीक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या बढ्दो छ । शिक्षित, अशिक्षित दुबै खाले युवाहरु मुलुकमा उचित रोजगारीको व्यवस्था नभएको गुनासो गर्दै कोही यूरोप, अमेरिका त कोही खाडी मुलुकमा पसिना बगाउन बाध्य छन् । तर हातमा सिप र दृढ ईच्छाशक्ति भए मुलुकमै केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छनु धनगढी हसनपुर ५ का दिपक लामिछाने ।

कैलाली बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नै देशमा केही गर्ने योजना बनाए । सोही अनुसार उनले २०७२ सालको महाभूकम्पले देशका भौतीक संरचना ध्वस्त पारेपछि यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो भन्दै पहिलो पटक धरहराको ठुलो मुर्ती बनाए । त्यसपछि उनी यो पेशामा अझ दतचित्त भएर लागेका छन् । अहिले उनले विभिन्न देवि, देवताका मुर्तिहरु सँगै सुदुरपश्चिम चिनाउने नेपालको सबैभन्दा लामो कर्णाली पुल, एसीयाकै लामो दोधारा चाँदनी झुलुङ्गे पुल, स्वयम्भु, ताजमहल, राजारानीका मूर्तिहरु बनाएका छन् । उनले बनाएका कतिपय यस्ता मूतिहरु बिक्री भइ सके भने कतिपय स्थानीय मेला महोत्सवमा प्रर्दशनी गर्नका लागि भनेर राखेका छन् ।

आफुले बनाएका मुर्तिहरु ५ हजार देखी ५० हजार रुपैयाँ सम्ममा बिक्री हुने गरेको उनले बताए । स्नातकोत्तर गरेको मान्छेले सुरुसुरुमा मुर्ति बनाउने काम गर्दा परिवार र साथी भाइले नाक पनि खुम्च्याए । तर उनले त्यसको खासै प्रवाह गरेनन आफ्नो काममा लागि रहे । तिनै व्यक्तिहरु आज उनको काम देखेर खुसी मात्र छैनन सक्दो सहयोग पनि गरिरहेका छन् । अहिले प्रचार–प्रसारको अभावमा अन्य जिल्लाहरुमा बिक्री, वितरणमा समस्या परेको उनले बताए ।

अनौठो त के छ भने उनले मुर्ति बनाउनका लागि कुनै तालिम लिएका छैनन । आफुमा भएको कलालाई प्रस्तुत गरी आफ्नो र आफ्नो परिवारको गर्जो मात्र टारेका छैनन सुदुरपश्चिमकै नाम चम्काएका छन् । घरको आर्थिक स्थिती कमजोर हुदाँ परिवारका सदस्यले पैसा कमाउन विदेश पठाउन नखोजेका पनि होइनन । तर उनलाई भने आफ्नो सिप र क्षमता आफ्नै ठाउँमा सदुपयोग गर्ने इच्छा थियो । सोही इच्छा अनुसार यस क्षेत्रमा लागेका थिए उनी । यस क्षेत्रमा अझै पनि दृढताका साथ लाग्ने प्रण गरेका उनको आफु जस्तै अन्य युवाहरुलाई पनि विदेशमा पसिना बगाउनु भन्दा आफ्नो सिप र क्षमता अनुसारको स्वदेशमा काम गर्न सुझाव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x