Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लमजुङमा जनता बैंकको निःशूल्क स्वास्थ्य शिविर

लमजुङमा जनता बैंकको निःशूल्क स्वास्थ्य शिविर

काठमाडौं, ३ जेठ । जनता बैंक नेपाल लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिखिरमा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक÷कान÷घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविर संचालन गरिएको थियो । जसमा १२ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएको जनाइएको छ ।
सो मध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको र २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धिअपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको बैंकले जनाएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । साथै आँखाको समस्या भएका ५ सय भन्दा बढीलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x