Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तीन वर्षमा नेपालमा उर्जामा आत्मनिर्भर

तीन वर्षमा नेपालमा उर्जामा आत्मनिर्भर

काठमाडौं, ४ बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षमा नेपाल उर्जामा आत्मनिर्भर हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन ।

आर्थिक समृद्धिको आधार नै ऊर्जा र सिँचाइ भएको भन्दै उनले निजी क्षेत्रसँग सहजीकरण गरेर अगाडि बढ्ने स्पस्ट पारे । पूर्व–पश्चिम राजमार्गमा ७६५ केभीए प्रसारणलाइन सुरु गर्ने तयारीमा रहेको पनि उनले जानकारी गराए ।सरकार लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको उल्लेख गर्दै मन्त्री पुनले १० वर्षभित्र ९ प्रतिशतमाथि आर्थिक वृद्धिदर हासिल गर्नसकिने दाबी पनि गरे ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा माग बढाउन आवश्यक रहेको भन्दै प्रसारण र वितरणलाई अहिले प्राथमिकता दिइएको बताए । महासंघकी अध्यक्ष भवानी राणाले भने औद्योगिक क्षेत्रमा भएको लोडसेडिङको अन्त्यले उत्पादन बढ्ने विश्वास व्यक्त गरिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x