Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

साहारा विकास बैंकको हकप्रद शेयरको बिक्री खुल्ला

साहारा विकास बैंकको हकप्रद शेयरको बिक्री खुल्ला

काठमाडौं, ६ जेठ । साहारा विकास बैंकले हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । बैंकले १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला जेठ ६ गतेबाट गरको हो । बैंकको हकप्रद शेयरको बिक्री बन्द आषाढ ९ गते हुने जनाएको छ ।

बैैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद शेयरको लागि लगानीकर्ताहरुले बैंकको सम्बन्धित शाखाहरु, एनआईविएल एस क्यापिटलको सम्बन्धित शाखाहरु र आस्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिने सकिने जनाइएको छ ।

यस बैंकले हकप्रद शेयर निष्कासन पछि चुक्ता पुँजी २५ करोड ५४ लाख पुर्याउने छ । बैंकको हाल चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ पुगेको छ । सहारा विकास बैंकलाई देवः विकास बैंकले आफुमा गाभ्ने प्रक्रियामा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x