Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अनलाईन ट्रेडिङ कारोबार यसै महिनाबाट शुरु, नेप्सेले दियो अनलाईन कारोबारबारे जानकारी

अनलाईन ट्रेडिङ कारोबार यसै महिनाबाट शुरु, नेप्सेले दियो अनलाईन कारोबारबारे जानकारी

काठमाडौं, ६ जेठ । लामो समय देखी छलफलको विषय बनेको अनलाईन ट्रेडिङ शेयर कारोबार प्रणाली जेठ महिना भित्र संचालनमा ल्याउने तयारी नेपाल स्टक एक्सचेञ्जले गरेको छ । एक्सचेन्जले पूर्ण अनलाईन कारोबार प्रणाली यसै महिनाबाट परीक्षण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ । जसका लागि नेप्सेले शनिबार राजधानीमा पूर्ण अनलाईन कारोबार प्रणालीको डेमोन्स्ट्रेशन प्रस्तुत गर्यो ।

अनलाईन कारोबार प्रणाली लागुका लागि नेपाल स्टक एक्सचेन्ज र वाइको कम्पनी बिच २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार वाइको कम्पनीले अनलाईन कारोबार प्रणाली १४ महिना भित्र निमार्ण गरि नेप्सेलाई दिने भनिएको थियो ।

अनलाईन काराबोर प्रणाली लागु पछि लगानीकर्तामा अनलाइनको प्रयोग कसरी गर्ने, कस्तो सेवा पाइने, अहिलेको कारोबार प्रणालीभन्दा अनलाइन कसरी फरक छ लगायतका जिज्ञासाहरुका बारेमा नेप्सेले शनिबारको कार्यक्रममा बताएको थियो ।

नेप्सेका अनुसार सेयर दलाल मार्फत लगानीकर्तालाई युजर नेम र पासवर्ड उपलब्ध गराइने छ । अनलाईन कारोबार प्रणालीमा लगानीकर्ताले युजर नेम र पासवर्ड पाएपछि ईन्टरनेटका माध्यमबाट सिधै शेयरको किनबेच गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x