Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गर्मी बढेसंगै बजारमा नरिवल पानीको माग बढ्दो

गर्मी बढेसंगै बजारमा नरिवल पानीको माग बढ्दो

काठमाडौं, ८ जेठ । गर्मी बढेसँगै नरिवल पानीको माग बजारमा बढ्दै गएको छ । स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायीक मानिने नरिवल पानीको प्रयोग गर्मीयातमा बढेको पाइएको छ ।

पोषणयुक्त यस नरिवल पानीमा ९४ प्रतिशत पानी र न्युन क्यालोरीको मात्रा पाइन्छ । कलेक्ट्रोलको मात्रा शुन्य हुने भएको कारण यो पानी स्वास्थ्यको दृष्टिकोणले लाभादायीक हुनुको साथै भिटामीनहरुले भरिपुर्ण पेय पदार्थ हो । यसमा भिटामीन बि र एमीनो एडिस प्रयाप्त मात्रामा पाइनुका साथै पोटासीयम र म्याग्नेसीयम युक्त यस पानीले सोचे भन्दा बढी फाइदा दिने चिकित्सकहरु बताउँछन् । त्यसैले नरिवल पानी पिउँदा दिनभरी उर्जा दिइरहने हुन्छ ।

विजय प्रसाद जैसवाल सर्लाहीका स्थाई बासिन्दा हुन् । उनी ४ बर्ष देखी फलफुल व्यवसायमा संलग्न छन् । १ बर्ष देखी काठमाडौंको कमलपोखरीमा फलफुल पसल संचालन गर्दै आएका छन् । उनको पसलमा विशेषगरी गर्मीको समयमा नरिवल पानी पिउनेको घुइचो देखीन्छ । नरिवल पानीले मृगौलालाई स्वास्थ् बनाउनुका साथै तौल घटाउन र छालालाइ चम्काउन मदत गर्छ । सोहि कारणले पनि यसको माग दिन प्रतीदिन बढ्दै गएको उनको भनाइ छ । नरिवल पानी पिएपछि धेरै वेर भोक लाग्दैन । यसमा विषाक्त तत्व हटाउने गुण भएकाले शरिरलाइ उर्जा दिइ फुर्तिलो बनाउँछ । यसमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता भएकाले विशेष गरी गर्मीको समयमा यसको माग अत्याधीक बढ्न थालेको उनले बताए ।

मुटुका लागी उत्तम मानिने नरीवल र यसको पानी केवल तिर्खा मेट्ने माध्यम नभई हृदयघातको खतरालाई समेत न्युन गर्न महत्वपुर्ण भुमीका खेल्ने बताइएको छ । नियमित एक गिलास नरिवल पानी पिउँदा गर्मीमा शरिरलाई शितलता दिई तापक्रम नियन्त्रण गर्ने भएकाले दिनहँु नरिवल पानी पिउने गरेको समीर वाग्लेले बताए । कार्बोहाइड्रेड र सुगरको मात्रा न्युन तथा निकै ताजा पेय पदार्थ भएकोले आफु मात्र नभइ परिवारका सबै सदस्यहरुले नरिवल पानी गरेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x