निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउनेगरी कार्यविधि बनाउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउनेगरी कार्यविधि बनाउन अर्थ मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको निर्यातकर्ता व्यवसायी तथा सरोकारवालाहरूसँगको छलफल एवं अन्तरक्रियामा अर्थ सचिव र राजस्व सचिवलाई उनले कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् ।
‘मैले स्पष्ट रूपमा सचिवहरूलाई भनेको छु,’ उनले भने, ‘सरल र सहज रूपमा प्राप्त गर्ने कार्यविधि चाहियो । त्यो कार्यविधि घुमाएर नपाउने खालको होइन सजिलैसित पाउने बनाउनुपर्छ । उसको पैसा आएको भोलिपल्ट पाउने खाल्को बनाउनुपर्छ ।’ मूल्य अभिवृद्धिकै आधारमा इन्सेन्टिभको व्यवस्था गरिने पनि उनले बताए ।