Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आइएमई लाइफले गर्याे एकै दिनमा दाबी भुक्तानी रकमको हस्तान्तरण

आइएमई लाइफले गर्याे एकै दिनमा दाबी भुक्तानी रकमको हस्तान्तरण

काठमाडौं, ८ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले दाबी परेको रकमको भुक्तानी गरेको छ ।

यस कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवनबीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा गएका जनकपुर अञ्चल धनुषा जिल्ला गोदार वडा नं. ८ बस्ने शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र बाग्मती अञ्चल सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड गएकी रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले दुबै बीमितको जेठ ६ गते कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजका श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशं १३ लाख रुपैयाँ र १४ लाख रुपैयाँ दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धकं दिनेश अमात्यले हस्तान्तरण गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x