Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

कपडा प्याकिङ गर्न भन्दै चीन गएका चार युवा २२ दिन थुनिए

पूर्ण प्रसाद चौलागाई

२०७३ बैशाख १९। काठमाडौं । अछामका नवराज साउद लाखौं रकम बुझाएर रोजगारीका लागि गत चैतमा चीन उडे । भिजिट भिसामा गएपनि त्यहाँ पुगेपछि वर्किङ भिसा लगाइदिने र कपडा कम्पनीमा प्याकिङको काम पाउने आश्वासनमा उनले शान्तिनगरस्थित जम्प टु जम्प कन्सलटेन्सीमा ९ लाख ८ हजार बुझाएका थिए ।

उनी चीन त पुगे तर, न वर्किङ भिसा पाए न कपडा कम्पनीमा काम नै । भिजिट भिसा सकिएपछि चिनियाँ प्रहरीले पक्राउ पर्‍यो र २२ दिन थुनिए । उनले आफन्तलाई खबर गरेपछि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी दिए । प्रहरीको पहलमा पक्राउ परेको २२ दिनपछि प्रहरीले बेइजिङस्थित नेपाली दूताबासको जिम्मा लगायो । र, उनी केही महिना अघि नेपाल फर्किए ।

उनी जस्तै भोजपुरका राजु भारती, मोरङका अर्जुन गिरी र धादिङका सन्तोष ढकाल मिलेर १४ लाख ६० तिरेर चीन पुगेका थिए । तर, भिजिट भिसा सकिएपछि प्रहरीले पक्राउ गर्‍यो । नेपाल प्रहरीको पहलमा उद्धार गरिएको छ ।

दुबै ठगीमा संलग्न भएको आरोपमा प्रहरीले जम्प टु जम्प कन्सलटेन्सीका सञ्चालक गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई पक्राउ गरेको छ । सोमबार सिनामंगलबाट पक्राउ परेका उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए ।

प्रहरीको अनुसन्धानका क्रममा जम्प टु जम्प कन्सलटेन्सी दर्ता समेत नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गरेको देखिन आएको छ । यसबारे अनुसन्धान जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x