Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव 

त्रिशूली नदीमा ३०औं जलयात्रा उत्सव 

काठमाडौं, जेठ ११ । आगामी शनिबारबाट त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औं जलयात्रा उत्सव शुरु  हुने भएको छ । पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ नेपालमा साहसिक जलयात्रा र्याफटिङ्गको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागिएको हो ।

‘नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य आयोजक नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिजलले बताएको छ ।

पर्यटन पुर्नउत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रामा आकर्षण गराई रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको छ ।

नेपालमा रहेका करिब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ । उत्सवमा ४ सय जना नेपाली जलयात्रीले भाग लिने बताइएको छ  । पन्ध्र वर्षदेखि ६० वर्षसम्मका जलयात्रीले भाग लिन पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x