Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आर्थिक सर्वेक्षण आज

आर्थिक सर्वेक्षण आज

काठमाडौं, १३ जेठ । सरकारले आज आर्थिक सर्वेक्षण संसद्मा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रको वस्तुस्थितिमाथिको सर्वेक्षण र सार्वजनिक संस्थानहरुको प्रगति प्रतिवेदन अपराह्न संसद्समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । बजेट अघि अर्थमन्त्रीले यी दुई महत्वपूर्ण दस्तावेज संसद्समक्ष प्रस्तुत गर्ने प्रचलन छ । चालु आर्थिक वर्षमा अर्थतन्त्र ५ दशमलव ८९ प्रतिशतले वृद्धि भई ३० खर्ब रुपैँयाको हुने अनुमान गरिएको छ । यो गत आर्थिक वर्षको ६ दशमलव ९ प्रतिशतको तुलनामा निरन्तर उच्च आर्थिक वृद्धि हो ।
सरकारले जेठ १५ मा अर्थात् आगामी मंगलबार बजेट प्रस्तुत गर्न लागेको छ । संघीय सरकारको बजेटसँगै प्रादेशिक र स्थानीय सरकारले आफ्नो बजेट पनि सम्बन्धित संसद् र गाउँ तथा नगरसभाहरुमा प्रस्तुत गर्नुपर्छ । असार १ गते प्रदेश सरकारहरुले प्रदेशसभा समक्ष बजेट पेश गरिसक्नुपर्छ भने स्थानीय सरकारले असार १० गते अथवा आर्थिक वर्ष समाप्त हुनु २० दिन अघि बजेट प्रस्तुत गर्नुपर्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x