Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल बैंकको एफपिओ २८० रुपैयाँ कायम

नेपाल बैंकको एफपिओ २८० रुपैयाँ कायम

काठमाडौं, १३ जेठ । नेपाल बैंक लिमिटेडले थप शेयर निष्कासन (एफपिओ) को मुल्य २८० रुपैयाँ कायम गरेको छ । एफपिओ निष्कासन गर्न बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँ कायम गर्ने निर्णय गरेको जानकारी दिइएको छ । उक्त निर्णय बैंकको संचालक समितिको जेठ १० बसेको बैठकले गरेको हो ।

बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासन गर्ने भएको छ । बैंकले थप शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ र बोर्डको स्विकृती पश्चात बिक्री खुल्लाको मिती तय गरिने जनाएको छ । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल बैंक लिमिटेडको ५८औं वार्षिक साधारण सभाले थप शेयर निष्कासनको प्रस्तावलाई पारित गरेको थियो । थप शेयर निष्कासन पछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । बैंकको हाल चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यस्तै थप शेयर निष्कासन पछि बैंकमा रहेको सरकारी स्वमित्व ६२ प्रतिशतबाट ५१ प्रतिशतमा सिमित रहनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x