Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरियासँगको श्रम समझदारी नविकरण गरिने

कोरियासँगको श्रम समझदारी नविकरण गरिने

काठमाडौ, जेठ १४ । सरकारले दक्षिण कोरियासँगको श्रम समझदारी पत्रलाई नविगकरण गर्ने भएको छ । नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबिच भएको श्रम समझदारीपत्रलाई नवीकरण गर्ने निर्णय गरेको हो । सन् २००७मा नेपाल र कोरिया सरकारबीच रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता भएपछि सो प्रणालीमार्फत हालसम्म ३५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीका सिलसिलामा कोरिया गएका छन् । सन् २०१८का लागि कोरियाले थप १० हजार कामदार लैजाने घोषणा गरेको छ ।

मन्त्रीपरिषदको आइतार अवेर बसेको बैठले श्रम नियमावली–२०७५ लाई स्वीकृत समेत गरको छ ।बैठकले स्वच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन् त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।बैठकले संघीय संसद्मा पेश भएको सरकारको आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रमलाई संसद्बाट सर्वसम्मतरुपमा पारित गराउन सहयोग गर्ने सांसदहरुलाई धन्यवाद दिने निर्णय गरेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x