Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सुरुमा घटेको सेयर बजारमा ३५ अंकको सुधार

सुरुमा घटेको सेयर बजारमा ३५ अंकको सुधार

काठमाडौं, १४ जेठ । सोमबार सेयर बजारमा सुधार देखिएको छ । कारोबार सुरु भएको एक घण्टा सम्म बजार घटेपनि अन्तमा ३५.९८ अंकले सुधार देखियो । परिसूचक १३३६.३९ को बिन्दुमा उक्लिएको छ ।

सोमबार कारोबारमा आएका मध्ये सबै समूहको परिसूचक बढेको छ। त्यसमा पनि सबैभन्दा बढी इन्स्योरेन्स समूहको परिसूचक २७२.४४ अकले बढेको छ । त्यस्तै होटल समूहको परिसूचक १०१.११, माइक्रोफाइनान्स ५९, विकास बैंक ४८, हाइड्रो र उत्पादन समूहको परिसूचक ४७, ४७ अंकले बढेको छ ।

त्यस्तै सो दिन एक सय ६८ कम्पनीको ४७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । त्यसमा शिखर इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने मेगा बैंकको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । केही दिन यता क्रमश घटिरहेको भएपनि बजेट मार्फत सेयर बजारको बारेमा नीतिगत सुधार हुने आशामा लगानीकर्ताहरु हौसिएको विश्लेषण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x