Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल इन्भेष्टमेन्टको एक्स्टेन्सन काउन्टर संचालनमा

नेपाल इन्भेष्टमेन्टको एक्स्टेन्सन काउन्टर संचालनमा

काठमाडौं, १५ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौं महानगरपालिकाको थापाथली स्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा नयाँ एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । योसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर छ वटा पुगेको छ ।

स्त्रीरोग तथा महिलासँग सम्बन्धीत रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले अस्पतालमा आउने विरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्ने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक्स्टेन्सन काउन्टर खोलेको हो ।

बैंकको हाल ७० वटा शाखा तथा १०० वटा एटिएम पुगेको छ । साथै बैंकले ६३ वटा शाखारहित बैंकिङ्ग सुविधा समेत दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x