Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सरकारी कर्मचारीको तलव बढाउन उच्चस्तरीय आयोग गठन गरिने

सरकारी कर्मचारीको तलव बढाउन उच्चस्तरीय आयोग गठन गरिने

काठमाडौं, १६ जेठ । सरकारले कर्मचारीको तलबको पुनरावलोकन गर्न आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत् गर्दै सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब–सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिनका लागि उच्चस्तरीय तलब आयोग गठन गर्ने जानकारी दिएका हुन ।

त्यस्तै, सरकारले निवृतभरणको दायित्व कम गर्न, अवकाश र निवृतभरणको उमेर निर्धारण गर्न, सेवाको शर्त तथा सुविधासमेतको अध्ययन गरी सुझाव दिन पनि एक उच्चस्तरीय कार्यदल गठन गर्ने घोषणा गरेको छ । तर सरकारी कर्मचारीको महँगीभत्ता भने बढाउने घोषणा गरिएको छ । साउन १ गतेदेखि मासिक दुई हजार महँगीभत्ता दिने बजेटमा उल्लेख छ ।

यसैगरी, निजामती सेवा, स्वास्थ्य सेवा र सामुदायिक विद्यालयका शिक्षकलाई प्रदान गर्दै आएको पोसाक सुविधा १० हजार रुपैयाँ पुर्‍याइने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x