Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेयर बजार ३३ अंकले घट्यो

सेयर बजार ३३ अंकले घट्यो

काठमाडौं, २० जेठ । आज सेयर बजार ३३.३१ अंकले घटेर १२७३.९५ बिन्दुमा झरेको छ । बजार खुले देखि नै घट्न थालेको बजार बीचमा केही सम्हालिए पनि पुन घटेर बन्द भएको हो ।

सरकारले बोनस र हकप्रदमा समेत आधार मूल्यमै पूँजीगत लाभकर लिने निर्णय गरेपछि बजार घटेको विश्लेषण गरिएको छ । सरकारको यो निर्णयबाट लगानीकर्ताहरु असन्तुष्ट छन् ।

त्यस्तै आज १ सय ५५ कम्पनीहरुको ५४ अर्ब ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज उत्पादन मूलक समूह बाहेक सबै समूह घटेको छ । बैंकिङ समूह २६.४, होटल समूह ६१.४४, विकास बैंक ३०.८३, जलविद्युत समूह ३३.०९, वित्तिय ८.३९, बीमा २९०.८३, माइक्रोफाइनान्स ५५.०७ र अन्य समूह १७.७७ अंकले घटेको छ । उत्पादन मूलक समूह भने ३५.८८ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x