Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई संसदीय समितिको निर्देशन

समितिले बुधबार स्थानीय विकास मन्त्री, निर्वाचन आयोगका पदाधिकारी र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँग छलफल गरेको थियो । बैठकले स्थानीय तह पुनर्संरचनाको प्रतिवेदन छिटो बुझ्न र निर्वाचनको वातावरण बनाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

साथै निर्वाचनका लागि आवश्यक कानुनहरु संसदमा पेश गर्न तथा संविधान एवं संघीयता कार्यान्वयन गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखी कार्य सम्पादन गर्न भनेको छ । ‘स्थानीय तहको निर्वाचन गर्ने कार्यलाई केन्द्रविन्दुमा राखेर राजनीतिक सहमतिका साथ आपसी सहयोगसहित सक्रिय रहन समिति सम्पूर्ण संसदीय दलहरुलाई आग्रह गर्दछ,’ विकास समितिको निर्णयमा भनिएको छ ।

विकास समितिले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने प्रवन्धकीय एवं व्यवस्थापकीय कार्यलाई तिब्रताका साथ अघि बढाउन र निर्वाचनमा आउन सक्ने प्राविधिक चुनौतिहरु ब्यालेट पेपर प्रिन्टिङ लगायतको आंकलन गरी काम गर्न सरकार र निर्वाचन आयोगलाई भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x