Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

हवाई भाडा बढ्यो, सार्वजनीक यातायातको भने यथावत

हवाई भाडा बढ्यो, सार्वजनीक यातायातको भने यथावत

काठमाडौं, २१ जेठ । इन्धनको मूल्य बढेसँगै यावुसेवा संचालकहरुले हवाई भाडा पनि बढाएका छन् । नेपाल आयल निगमले गत शनिवार देखि इन्धनको मूल्य बढाएको थियो । इन्धनको मूल्य बढेपछि व्यवसायीहरुले मंगलबार देखि लागु हुने गरि घटीमा ४५ रुपैयाँ देखि बढीमा २ सय २० रुपैयाँ सम्म हवाई भाडा बढाएका छन् ।

नीजि विमान कम्पनीहरुले हवाई इन्धनमा कम्तिमा प्रतिलिटर चार रुपैयाँको दरमा घटबढ भएपछि भाडादरमा पनि पुनरावलोकन गर्ने गर्छन ।
उत्ता इन्धनको मूल्य बढेपनि यातायात व्यवसायीहरुले भने भाडादरमा परिमार्जन गरेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार इन्धनमा प्रति लिटर ५ रुपैयाँ घटबढ भएमा सार्वजानिक यातायातको भाडादर पनि परिमार्जन गर्न सक्ने व्यवस्था भएपनि भाडा तत्काल नबढाईने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x