कर्जा विस्तारमा कसिलो गरी आयो चालू आर्थिक वर्षको मौद्रिक नीति
काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको नीतिलाई थप कसिलो बनाएको छ। गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत १२.६ प्रतिशतमा राखेको कर्जा विस्तार नीतिलाई अझै संकुचित गर्दै ११.५ प्रतिशतमा झारेको छ।
ब्याजदर कटौतीमा उदार देखिएको राष्ट्र बैंक कर्जा विस्तारमा भने कसिलो भएको छ। ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पछ्याएको मौद्रिक नीतिले सबै पक्षलाई खुसी बनाउने नीति लिँदा कर्जा विस्तार भने रोक्ने राणनीति लिएको हो।



