Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

होटल, रेष्टुरा सञ्चालक र मजदुरबीच शुल्क वितरणमा सहमती,उपभोक्ता भने मार्कामा

होटल, रेष्टुरा सञ्चालक र मजदुरबीच शुल्क वितरणमा सहमती,उपभोक्ता भने मार्कामा

काठमाडौं, २६ जेठ । होटल, रेष्टुरा सञ्चालक र मजदुरबीचको सेवा शुल्क वितरणसम्बन्धि बर्षो देखि रहदै आएको विवाद समाधान भएको छ । कूल सेवा शुक्लको ७२ प्रतिशत हिस्सा मजदुरलाई दिन होटल, रेष्टुरा सञ्चालकहरु सहमत भएपछि शुल्क वितरण सम्वन्धीको विवाद समाधान भएको हो । तर यस सहमती सँगै उभोक्ताहरुलाइ भने थप भार पर्ने देखिन्छ । यसअघि केही ठूला होटल र रेष्टुरेन्टमा मात्रै सेवा शुल्क उठाउने गरिएको थियो। अब राज्यको कानुन अनुसार दर्ता भएर संचालनमा रहेका सबै होटल,मोटल,सफारी, ,रेष्टुरेन्ट,फाष्टफूड,ब्याकेट,पार्टी प्यालेश,होमस्टे,मोनाष्ट्री स्टे,बन्जी जम्प,केवुलकार,फ्लाइट क्याटरिङ,डिस्को,नाइट क्लब,डान्स क्लब,दोहोरी लगायतका सबै व्यवसायमा १० प्रतिशत सेवा शुल्क लाग्ने भएको छ।केबुलकार,बन्जी जम्प लगायतका पर्यटनसँग सम्वन्धित सेवामा यसअघि यस्तो शुल्क थिएन। यसले गर्दा उपभोक्तालाई भने सेवा मह्गो पर्न जान्छ ।

सहमति अनुसार अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदुर संघ,नेपाल स्वतन्त्र होटल,क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियन र नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघले एक प्रतिशतका दरले समान रुपमा पाउनेछन्।सेवा शुल्क वापत ट्रेड युनियनको रकम भने हानको केन्द्रीय खातामा जम्मा हुने र तीन प्रतिशत रकम १५ दिनभित्र बाँडफाँड गर्नुपर्ने सहमति भएको छ । यसअघि १० प्रतिशत सेवा शुल्क ६८ प्रतिशत मजदुर र बाँकी ३२ प्रतिशत सम्वन्धित प्रतिष्ठानले पाउने व्यवस्था थियो।

सहमतिमा नयाँ सम्झौता अनुसार सेवा शुल्क वापतको ५ प्रतिशत रकम होटलमा कार्यरत मजदुरहरुको सीप विकासमा खर्च गर्ने पनि उल्लेख गरिएको छ ।  सहमतिअनुसार मजदुरहरुको तलब पनि वार्षिक रुपमा ५ प्रतिशतले बृद्धि हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x