Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधि अख्तियारको कारवाहीमा

सम्पत्ति विवरण नबुझाउने १६ सय जनप्रतिनिधि अख्तियारको कारवाहीमा

काठमाडौं, २८ जेठ । सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका एक हजार ६०० जनप्रतिनिधि कारबाहीमा परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकेको समयमा विवरण पेश नगर्ने जनप्रतिनिधिलाई एक महिनाभित्र पाँच हजार रुपैयाँ जरिवानासहित सम्पत्ति विवरण पेस गर्न पत्र काटेको हो । सम्पत्ति विवरण नबुझाउने स्थानीय तहका जनप्रतिधिलाई एक महिनाभित्र पाँच हजार नगर सम्पत्ति विरण दाखिला गर्न पत्र काटिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुशार राष्ट्रिय सतर्कता केन्द्रले बुझाएको विवरणका आधारमा अख्तियारले ती जनप्रतिनिधिलाई चिठी काटिएको हो । सतर्कता केन्द्रका अनुसार ५८ जिल्लाका गरी ११ हजार ३९० जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन्। १९ जिल्लाका  कतिपय जनप्रतिनिधिको सम्पत्ति विवरण अझैसम्म पनि सर्तकता केन्द्रमा प्राप्त भएको छैन।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x