Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद शेयर असार १७ बाट

सिद्धार्थ इन्स्योरेन्सको ३५ प्रतिशत हकप्रद शेयर असार १७ बाट

काठमाडौं, २९ जेठ । सिद्धार्थ इन्स्योरेन्सले असार १७ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको छ । इन्स्योरेन्सले १० बराबर ३.५ कित्ता अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण २० गते गर्ने बताएको छ ।

हकप्रद शेयर निष्कासनको लागि इन्स्योरेन्स्ले जेठ १ गते शेयर दर्ता किताव बन्द गरेको थियो । जेठ १ अगाडि नै इन्स्योरेन्सको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन दिन पाउनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ६० लाख रुपैया पुग्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x