Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

व्यवसायी भन्छ स्प्रेड दर घटाउ, बैंकर भन्छ बढाउ

व्यवसायी भन्छ स्प्रेड दर घटाउ, बैंकर भन्छ बढाउ

काठमाडौं, २९ जेठ । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति तर्जुमा गर्न सुझाव संकलन गर्न आयाेजित कार्यक्रममा बैंकर र व्यवसायीले एउटै विषयमा विपरित सुझाव दिएका छन् ।
हालको समयमा बैंकहरुले ऋणमा लिने व्याज दर अत्यन्तै महंगो भएको जनाउँदै बैंकको स्प्रेड दर घटाउनुपर्ने माग व्यवसायी कमलेश अग्रवालले गरेका थिए भने सोही कार्यक्रममा विकास बैंक संघका अध्यक्ष गोविन्दप्रसाद ढकालले विकास बैंकको आम्दानीका क्षेत्रहरु सीमित रहेकाले स्प्रेड दर बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नैपाल बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बजेटले साढे ६ प्रतिशतको मूल्यवृद्धिसहितको ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकौ हुँदा विस्तारकारी मौद्रिक नीति आउनुपर्ने बताए । आन्तरिक ऋण मात्रै ५ सय अर्ब उठाउनुपर्नै आवश्यकता रहैको हुँदा हालकै परिप्रेक्ष्यमा लगानी जुटाउन कठिन हुने सुझाव दिँदै ढुंगानाले हाम्रो बैकिङ प्रणालीमा सीआरआर र एसएलआरलगायतको प्रावधान रहेको हुँदा सीसीडी रेसियो हटाउनुपर्नेमा जोड दिए । कृषि र पर्यटनमा राष्ट्र बैंकले दिएको लक्ष्य हासिल गर्न कैही समय दिनुपर्ने एवम् कृषिभित्र भिन्न कृषिजन्य उद्योगहरु समेत राखिनुपर्ने माग गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले उद्योगलाई दिनुपर्ने सहुलियत बजेटले दिन नसकेको बताउँदै आगामी मौद्रिक नीतिमार्फत स्वदैशी उद्योगलाई सहुलियत दिनै खालको नीति आउनुपर्नेमा उनलै जोड दिए। पुनकर्जाको सीमा बढाउनुपर्ने, व्याज दरमा स्थायित्व हुनुपर्ने, पूर्वाधारमा  विदेशी लगानी खुला गरिनुपर्ने, बैकिङ क्षेत्रमा विदा समय घटाउनुपर्ने लगायतमा जोड दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x