Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

तलवी जनप्रतिनिधि ! वडा सदस्य देखि नगरप्रमुख सम्म सवैले मासिक तलब पाउने

तलवी जनप्रतिनिधि ! वडा सदस्य देखि नगरप्रमुख सम्म सवैले मासिक तलब पाउने

वुटवल ३० जेठ । प्रदेशको नाम र स्थायी राजधानी अझै टुग्गो लगाउन नसकेको प्रदेश नम्बर ५ ले  स्थानीय तहका प्रतिनिधिहरुले तलव के कति पाउने भन्ने विषयमा टुग्गो लगाएको छ  । गत जेठ १७ गते पारित  प्रदेश अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएसगै स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधाका लागि बाटो खुलेको हो ।

ऐन अनुशार प्रदेश ५ का स्थानीय तहका जनप्रतिनिधिमध्ये जिल्ला समन्वय समितिका प्रमुखको मासिक तलबभत्ता रु ४१ हजार, उपप्रमुखको रु ३६ हजार र सदस्यको रु १६ हजार, उपमहानगरपालिका प्रमुखको रु ४० हजार, उपप्रमुखको रु ३५ हजार, वडाध्यक्षको रु २६ हजार, कार्यपालिका सदस्यको रु १५ हजार र वडा सदस्यको रु नौ हजार हुनेछ ।

त्यस्तै नगरपालिका प्रमुखको मासिक रु ३५ हजार, उपप्रमुखको रु ३० हजार, वडाध्यक्षको रु २५ हजार, कार्यपालिका सदस्यको रु १३ हजार, सदस्यको रु आठ हजार र गाउँपालिकाका अध्यक्षको मासिक रु ३० हजार, उपाध्यक्षको रु २७ हजार, वडाध्यक्षको रु २० हजार, कार्यपालिका सदस्यको रु १२ हजार र सदस्यको रु सात हजार हुनेछ । यसबाहेक मासिक तलबभत्ताका अतिरिक्त बैठक तथा भ्रमण भत्ता पनि उनीहरुले पाउने ब्यवस्था पनि राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x