Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अरुण तेस्रो जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट

संखुवासभा, ३० जेठ । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाट गराएको छ।संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित आयोजनाको कार्यालयमा गएराति पौने १ बजेतिर तीनवटा सकेट बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी श्यामकुमार सारु मगरले बताए ।

आयोजनाको परिसरमा बिष्फोट गराइएकाले भौतिक क्षति हुनबाट भने जोगिएको छ। यस अघि वैशाख १६ गते कम्पाउन्ड वालमै क्षेती पुग्ने गरी बम बिष्फोट गराइएको थियो। तर अहिले सम्म यि दुईवटै घटनाको जिम्मा कसैले पनि लिएको छैन।

बिष्फोट गराइएको ठाउँमा तीन ओटा खाडल भेटिएकाले तीन ओटा बम बिष्फोट गराइएको हुन सक्ने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ।

गत बैशांख २९ आयोजनाको प्रधानमन्त्री केपी ओली र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका थिए । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माणको जिम्मा लिएको छ ।निर्माण पछि सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा सतलजले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने समझौत छ । आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न हुने र व्यावसायिक उत्पादन गर्ने लक्ष्य राखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x