Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुरानो बोनस शेयर खारेज गर्दै मेगा बैंकको नयाँ बोनस शेयर प्रस्ताव

पुरानो बोनस शेयर खारेज गर्दै मेगा बैंकको नयाँ बोनस शेयर प्रस्ताव

काठमाडौं, ३० जेठ । मेगा बैंकले यसअघि घोषणा गरेको बोनस दर खारेज गर्दै नयाँ बोनस शेयर प्रस्ताव गरेको छ । मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । यो बोनस शेयर मेगा बैंक र टुरिज्म डेभलपमेन्ट बैंकका सम्पूर्ण शेयरधनीलाई एकमुष्ट रुपमा प्रस्ताव गरिएको हो ।
बैठकले यसअघि मेगा बैंक र टुरिज्म डेभलपमेन्ट बैंकले मर्जर हुनु अघि प्रस्ताव गरेको बोनस शेयर खारेज गरेको छ । यसअघि टुरिज्म डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १५ प्रतिशत र मेगा बैंकले ९.४५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।
यी दुई बैंक मर्ज भएपछि चुक्त पुँजी ९ अर्ब २८ करोड ६८ लाख ३१ हजार ३७९ रुपैयाँ पुगेको छ । बैंकका अनुसार अब लगानीकर्ताले यो पुँजीको १०।७५५ बोनस सेयर पाउनेछन् । बोनस पछि बै.कको चुक्ता पुँजी १० अर्ब २४ करोड रुपियाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x