Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सनराइज बैंक लिमिटेडको निस्दी शाखा बिस्तार

सनराइज बैंक लिमिटेडको निस्दी शाखा बिस्तार

काठमाडौं ३१ जेठ । सनराइज बैंकले पाल्पाकोे निस्दी गाउँपालिका वडा नं ५ मा आफ्नो ८६ औं शाखा बिस्तार गरेको छ । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सरूले उक्त शाखाको उद्घाटन गरेका हुन् ।  बैंकले ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले पाल्पाकोे निस्दीमा शाखा बिस्तार गरेको बताएको छ ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” संचालनमा ल्याएको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x