Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेमा उतारचढाप, शेयर बजार बन्द हुँदा ५.२३ अंकको वृद्धि

नेप्सेमा उतारचढाप, शेयर बजार बन्द हुँदा ५.२३ अंकको वृद्धि

काठमाडौं, ३१ जेठ । शेयर कारोबारको अन्तिम दिन विहीबार शेयर बजारमा उतारचढाप देखियो । विहीबार नेप्से परिसुचक सकारात्मक नै देखिए पनि बजारमा उतारचढापको प्रवृति देखिएको हो ।

नेप्से परिसुचक विहीबार ५.२३ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै नेप्से १२४७.३० विन्दुमा पुगेको छ । विहीबार शेयर बजारको परिसुचकमा वृद्धि आएसंगै कारोबार रकम समेत बढेको छ । परिसुचक र कारोबार रकम सपेक्ष रुपमा वृद्धि हुँदा शेयर बजार सकारात्मक हुने शेयर जानकारीहरुले बताएका छन् । आज विहीबार कुल १६५ कम्पनीहरुको ९ लाख १२ हजार ७५० कित्ता शेयरको किनबेचबाट ३१ करोड ८२ लाख ९ हजार २९ रुपैयाँको कारोबार भएको छ ।

आज विहीबार नेप्से परिसुचकसंगै ९ वटा समुहगत परिसुचकहरुको कारोबार भएको छ । विहीबार वीमा समुहको परिसुचक बाहेक सम्पुर्ण परिसुचकहरु समारात्मक भएका छन् । यता विहीबार वाणिज्य बैंक २.८८, होटल १९.४५, विकास बैंक ४.६८, जलविद्युत २८.७१, वित्त २.३५, उत्पादन ४८.८७, अन्य ३.७८ र लघुवित्त १३.३७ अंकले बढेको छ । वीमा समुह भने ५.४७ अंकले झटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x