Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एडीबीको वैकल्पिक निर्देशकबाट सोमलाल सुवेदीलाई हटाउने सरकारको निर्णय

एडीबीको वैकल्पिक निर्देशकबाट सोमलाल सुवेदीलाई हटाउने सरकारको निर्णय

काठमाडौं, असार १ । सरकारले एसियाली विकास बैंकको वैकल्पिक निर्देशकबाट पूर्व मुख्य सचिव डा. सोमलाल सुवेदीलाई हटाउने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई हटाएर अर्थमन्त्रालय राजस्व महाशाखा प्रमुख रामशरण पुडासैनीलाई पठाउने भएको हो । सुवेदीले मुख्य सचिवको कार्यकाल पूरा नगरी तलबको लोभमा एसियाली विकास बैंकको वैकल्पिक निर्देशकमा नाम सिफारिश गराएका थिए । अर्थमन्त्रालयका सहसचिवहरु केवल भण्डारी, मधुकुमार मरासिनी लगायत उक्त पदको दौडमा थिए तर तत्कालीन मुख्यसचिव आफैंले उक्त पदमा लालच देखाएपछि यसप्रति उनको आलोचना भएको थियो ।
सुवेदीले वैकल्पिक निर्देशकको रुपमा एक वर्ष काम गरिसकेका छन् । वैकल्पिक निर्देशकले १८ हजार डलर मासिक तलब प्राप्त गर्छ । जुन नेपाली कर्मचारीका लागि ठूलो तलबमान हो । पुडासैनीले अर्थमन्त्रालयमा लामो समय काम गरेका छन् । उनले आगामी एक वर्ष एडीबीको वैकल्पिक निर्देशकका रुपमा काम गर्नेछन् । एडीबीजस्तै विश्व बैंकमा पनि नेपालले वैकल्पिक निर्देशक पठाउने व्यवस्था छ । यसअघि विश्व बैंकको वैकल्पिक निर्देशकमा अर्थमन्त्रालयका तत्कालीन उपसचिव मधुकुमार मरासिनीले काम गरेका थिए । त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोषमा भने नेपाल राष्ट्र बैंकको निर्देशक पठाउने गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x