Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

प्रदेश ३ को सरकारले ल्यायो ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट

प्रदेश ३ को सरकारले ल्यायो ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट

मकवानपुर १ असार । प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट विनियोजन गरेको छट ।आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले  ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ आयव्ययको अनुमानित विवरण प्रदेशसभामा पेश गर्नु भएको हो।

जस मध्ये कुल ३५ अर्व ६१ करोड ५६ लाख विनियोजन मध्ये चालुतर्फ १३ अर्व ८६ करोड २५ लाख ९१ हजार अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्व ७५ करोड ३० लाख ९ हजार अर्थात् ६१.०८ प्रतिशत रहेको छ ।

बजेटको स्रोत ब्यवस्थापनका लागि आन्तरिक राजस्वबाट ९ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट ५ अर्व ९६ करोड ९७ लाख, राजस्व बाँडफाँटबाट ८ अर्व ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट प्राप्त १० अर्व ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड गरी कुल ३५ अर्ब ६१ करोड ५६ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

प्रदेश नम्बर ३ को समृद्धिको आधारको रुपमा रहेको पूर्वाधार विकास, सामाजिक आर्थिक उनन्यन, पर्यटन, ऊर्जा र कृषिलाई उच्च प्राथमिकतामा राखी बजेट बिनियोजन गरिएको छ ।

प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुखले यसअघि प्रस्तुत गरेको नीति तथा कार्यक्रम र मन्त्रालयबाट प्रदेश सभामा पेश भएको विनियोजदन विधेयकको सिद्धान्त र प्राथमिकतामा केन्द्रित भइ वजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x