Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शिक्षक सेवा आयोगले गर्यो झण्डै १३ हजार शिक्षकको विज्ञापन

शिक्षक सेवा आयोगले गर्यो झण्डै १३ हजार शिक्षकको विज्ञापन

काठमाडौं,३ असार । शिक्षक सेवा आयोगले खुलातर्फ लागि झण्डै १३ हजार शिक्षक पदको विज्ञापन गरेको छ । आयोगले प्राथामिक तह, निम्म माध्यामिक तह र माध्यमिक तहमा गरि १२ हजार ७ सय ३९ पदका विज्ञापन आब्हान गरेको हो ।

आयोगको सुचाना अनुशार  प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमाविमा १ हजार ६ सय ३५ र माविमा १ हजार १ सय ८ संख्यामा विज्ञापन खुलाइएको छ ।  खुलातर्फ मावि, निमावि र प्रावि तहको परीक्षा क्रमश: आगामी असोज ११, १२ र १३ गते तोकिएको छ ।

खुलातर्फ २०७२ असोज ३ देखि २०७४ फागुन मसान्तसम्मको रिक्त दरबन्दीको विवरणका आधारमा विज्ञापन खुलाइएको हो । अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकाले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् । आन्तरिकतर्फ २०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिइसकिएको छ । प्राथमिक तहमा २०६९ सालपछि स्थायी शिक्षक छनोटका लागि खुला प्रतिस्पर्धा हुन लागेको हो ।

निम्न माध्यमिक र माध्यमिक तहमा भने २०७१ र २०७२ सालमा पनि आयोगले परीक्षा लिएर शिक्षक स्थायी गरेको थियो । यसअघि आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने भन्दै आयोगले अस्थायी शिक्षकको गत चैत २३ का लागि तोकिएको परीक्षा स्थगित गरेको थियो । विवादित अस्थायी शिक्षकको आन्तरिक परीक्षा र खुला प्रतिस्पर्धा सँगसँगै लिने गरी विज्ञापन गरिएको आयोगले जनाएको छ । अव छिटै रोकिएको अस्थायी शिक्षकको पनि परिक्षा मिति तोकिने बताइएको छ । विज्ञापन हेर्नुहोस कुन तहमा कति 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x