Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ३ असार । नेपाल आयल निगमले सोमबारबाट लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर क्रमशः ३ र २ रुपैँया घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै निगमले आन्तरिक बजारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैँया र डिजेलको ९३ रुपैँया कायम भएको छ । यो मूल्य आगामी १५ दिनका लागि रहेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली अन्तर्गत मूल्य समायोजन गर्ने भन्दै निगमले हरेक अंग्रेजी महिनाको १ र १५ तारिखमा भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त हुने मूल्य सूचीका आधारमा आन्तरिक बजारमा मूल्य समायोजन गर्दै आएको छ ।

मूल्य समायोजन गरेपछि निगमलाई जुन महिनाको बाँकी अवधिमा ७ करोड ८४ लाख रुपैँया नोक्सानी हुने अनुमान गरिएको छ । पेट्रोलको बिक्रीमा निगमलाई प्रतिलिटर ६२ पैसा, डिजेलमा २ रुपैँया ७४ पैसा र खाना पकाउने ग्यासमा १३९ रुपैँया ३९ पैसा घाटा रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
यद्यपि निगमलाई मटितेलमा १५ रुपैँया, हवाई इन्धन (आन्तरिक) १० रुपैँया र अन्तर्राष्ट्रिय उडानमा ३८ रुपैँया नाफा रहेको छ । तर पेट्रोल, डिजेल र ग्यासको बिक्री उच्च रहेकाले यी वस्तुमा रहेको घाटाले निगमले नाफा हुने वस्तुबाट घाटा मेकअप गर्न सक्दैन । जसका कारण निगमले मूल्य स्थिरीकरण कोषबाट बेहोर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x