Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शिखर इन्सुरेन्सले फोटोपत्रकारहरुको बीमा गर्ने

शिखर इन्सुरेन्सले फोटोपत्रकारहरुको बीमा गर्ने

काठमाडौं, ४ असार । शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमइ ग्लोबल आइएमइ नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माईल बिधा’ प्रयोजनका साथै फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बीमा सम्झौता गरेका छन् । शिखर ईन्सुरेन्सको कार्पोरेट कार्यलय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष बिकास कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । आईएमई ग्लोबल आईएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माईल बिधामा प्रायोजन गरेको शिखर ईन्सुरेन्सले २०७५ सालका लागी फोटोपत्रकारहरुको क्यामेरामा २ लाख, स्वास्थ्यमा २ लाख र दुर्घटनामा ४ लाख गरी जम्मा ८ लाखको बीमा गर्ने सम्झौता गरेको हो । यस बिमा नितिलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने गरेर सम्झौता भएको हो ।

कार्यक्रममा शिखर ईन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बीमा सम्झौताले नेपाली फोटोपत्रकारीता क्षेत्रमा नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए । निरन्तर जोखिम मोलेर फोटोपत्रकारीता गदै आएका फोटोपत्रकारहरुलाई सहयोग गर्नु पाउदा कम्पनीले गौरवान्तित महसुस भएको बताउदै यस बिधाले फोटोपत्रकारहरुले अझै निर्धक्कसाथ आफनो जिम्मेवारी निवार्ह गर्न थप मद्घत गर्ने बताए । यस बिमा अन्तगर्त फोटोपत्रकारहरुको क्यामरा चोरी तथा सफ्टवयेरका बिग्रेको अबस्था बाहेक अन्य (दुर्घटना, हुलदंङ्गा, प्रकृतिक प्रकोप) अबस्थामा क्लबको सिफारिसमा बीमा दाबी गर्न सकिनेछ ।
फोटो पत्रकार (पिजे) क्लबले नेपाल पर्यटन बोर्डसगकोे सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रयोजनमा छैटौं संस्करणको फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरीसकेको छ भने यही असार ६ गते मध्यरातमा १२ बजेसम्ममा प्रतियोगिता सहभागी जनाउन सक्नेछन् । सबै नेपाली सहभागी जनाउनसक्ने यस नेपालकै ठूलो फोटो प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा भईरहेको यस प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले क्लबको आधिकारिक वेभसाइटमा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सक्नेछन् ।

नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन हुन लागेको प्रतियोगितामा अर्घाखाँची सिमेन्ट न्यूज फोटो, आईएमएस डेली लाइफ, एक्सपिरीयन्स नेपाल कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाईल्डलाइफ, शिखर ईन्स्योरेन्स नेपाल स्माईल, डिस एक्सन स्पोर्टस र नेप्टोस फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । प्रत्येक विधामा प्रतियोगीले बढीमा ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा ४ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् । यस प्रतियोगिता तथा प्रर्दशनीलाई बिपी कोइराला भारत–नेपाल प्रतिष्ठान, साहस स्पोर्टस, सिटी एक्सप्रेस, रियो फ्रुट जुस, एडभेन्चर स्पोर्टस, भायनेट, राष्ट्रिय खेलकुद परिषदलगायतका संस्थाहरुले सहयोगीको भूमिका गरेका छन् ।

५ लाख २० हजार रुपैयाँ कुल पुरस्कार राशी रहेको प्रतियोगिताको मुख्य विधा आइएमई–ग्लोबल आइएमई बैंक फोटो अफ दि इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन् भने अन्य सबै सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x