Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौं उपत्यकामा प्रचलित बन्दै अपाटमेन्ट बसाई

काठमाडौं उपत्यकामा प्रचलित बन्दै अपाटमेन्ट बसाई

पूर्ण प्रसाद चौलागाई २०७५ साउन ४ काठमाडौं । काठमाण्डौँ उपत्यकामा सस्तो मुल्यमा घर जग्गा वा अपाटमेन्ट खरिद–बिक्रि गर्न चाहनेहरु थुप्प्रै छन् । नेपालमा भुकम्प पछि घर निमार्णको क्रम बढ्दो गतिमा छ । तर पनि विशेषगरि उपत्यकामा अपाटमेन्ट बसाइ अहिले निकै प्रचलित बन्दै गएको पाइन्छ ।

काठमाण्डौ उपत्यकामा मात्रै अपाटमेन्टमा १ खर्ब २५ अर्ब रुपैयाँ लगानी भएको छ। आवास विकास संघका अनुसार त्यसमध्ये ४२ अर्ब रुपैयाँ बैंकहरुको लगानी छ भने बाँकी ८३ अर्ब रुपैयाँ व्यवसायी र सर्वसाधारणको छ । काठमाण्डौँमा मात्रै ३० लाख रुपैयाँ देखी साढे २ करोड रुपैयाँ सम्म विक्रि भएका करिब ४ हजार परिवार अपाटमोन्टमा बसोबास गर्दै आएका छन् ।

काठमाण्डौको जोरपार्टीमा रहेको वेस्टर अपाटमेन्टमा १३ तला छन । जसमा ७० भन्दा बढि परिवार बसोबास गरिरहेका छन् । स्टक्चरल इन्जिनियरका दृष्टीमा भुकम्पका बेला कोठाका वाल सामान्य चर्किए पनि वालमा भएका सामान्य चिरा वा धर्सा पर्नु स्वभाविक मानिने संचालक बताउछन् । घर जग्गा र भवन निमार्ण सम्बन्धी जिज्ञासा समाधान गर्ने उद्धेश्यले काठमाडौंको भृकुटीमण्डपमा घरजग्गा मेला आयोजना गरिएको छ । मेलामा विभिन्न छुट सहित घर जग्गा एवं अपाटमेन्टहरु बिक्रीका लागि राखिएको छ । ३७ लाख सम्मका सस्तो अपाटमेन्ट देखी ९५ लाख रुपैयाँ सम्मका अपाटमेन्टहरु बिक्रीमा राखीएको छ ।

मेलामा ललितपुर धापाखेलमा रहेको डाउन टाउन अपाटमेन्टले १ बेडरुमको अपाटमेन्ट ५८ लाख रुपैयामा बिक्रीका लागि राखेको छ । यसै गरि राडसो रियल स्टेडले पनि बुढानिलकण्ठमा १ बेडरुमकै अपाटमेन्ट ७७ लाख रुपैयाँमा बिक्रि गर्ने जनाएको छ । अपाटमेन्ट भित्र बृद्ध देखी बालबालीकाहरु सबैलाई लक्षित गरी खेलकुद मनोरञ्जन र पार्टीहलको व्यवस्था गरिएको छ । भुकम्प पश्चात मानिसरुमा अपाटमेन्ट प्रतिको विश्वास गुमेपनि सरकारका निगरानि गर्ने विभिन्न निकायको नियमीत अनुगमन परिक्षण र सिफारीस पछि मात्रै मानिसहरुको अपाटमेन्ट प्रतिको विश्वास विस्तारै फर्किएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ । बस्नका लागी स्विकृत पाएका सवै अपाटमेन्टमा आवश्यकता अनुरुप मर्मत, रेट्रोफिङ्ग र पुन स्थापना गरि देखीएका समस्या सुधार्दै भुकम्प प्रतिराधी मापदण्ड पुरा गरिसकेको डिभिजन कार्यालय काठमाण्डौका सिनियर डिभिजन इन्जिनियर गणेश कर्माचार्यले बताए ।

काठमाण्डौ उपत्यकामा बनेका तथा निमार्णाधिन मध्ये १८ वटा अपाटमेन्टले बस्न योग्य रहेको अनुमती पाएको छ । सहरी विकास तथा भवन निमार्ण विभाग अन्तर्गतको डिभिजन कार्यालयले विभिन्न परिक्षा तथा मापदण्ड पुरा गरेका अपाटमेन्टलाई बस्न योग्य अनुमती दिएको हो । उपत्यकामा निमार्ण सम्पन्न तथा निमार्णाधिन गरि जम्मा ५१ अपाटमेन्ट छन् भने करिब ७० वटाले निमार्ण अनुमती पाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x