Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

अन्तिम श्रद्धान्जलीका लागि डा. देवकोटाको पार्थिक शरिर अस्पताल परिशरमा, आजै अन्त्येष्टि गरिदैं

अन्तिम श्रद्धान्जलीका लागि डा. देवकोटाको पार्थिक शरिर अस्पताल परिशरमा, आजै अन्त्येष्टि गरिदैं

काठमाडौ, ५ असार । बरिष्ठ न्युरोसर्जन एव पूर्व स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा आजैं अन्त्येष्टि गरिदै छ ।देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि अस्पताल परिशरमा राखिएको छ ।  दिउँसो १ बजेसम्म अस्पताल परिशरमा राखिने छ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने  बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले  विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

न्यूरो अस्पताल बाँसबारीमा उपचार गराइरहेका प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको हो।न्यूरो अस्पतालका प्रमुख कार्यकारी अधिकृत वसन्त देवकोटाका अनुसार न्यूरो सर्जन देवकोटाको सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको हो। उनी ६५ वर्षका थिए। उनकी पत्नी मधु देवकोटा पनि डाक्टर हुन्। उनका तीन छोरी मेधा, बसुधा र मञ्जरी छन्।डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

यसै बीच डा देवकोटाको निधनप्रति सरकारले दु:ख ब्याक्त गर्दै शोक सन्तध परिवार प्रति हार्दिक संवेदना प्रकट गरेको छ । हिजो साझ बसेको मन्त्रीपरिषद बैठकले देवकोटाको असायमीक निधनले प्रति श्रदासुमन ब्याक्त गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x