Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वित्तीय प्रणालीमा तरलता सहज, राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्दै

वित्तीय प्रणालीमा तरलता सहज, राष्ट्र बैंकले १० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं, ५ असार । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट आज १० अर्ब रुपैयाँ उठाउँदै छ । वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएकोले राष्ट्र बैंकले सो रकम उठाउन लागेको बताइएको छ ।

राष्ट्र बैंकले व्याजदर कोरिडोर कार्यविधि २०७४ अनुसार सो रकम वित्तीय प्रणालीबाट उठाउन लागेको जनाएको छ । राष्ट्र बैंकले २ साताको लागि उक्त रकम उठाउने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता व्यवस्थापनको लागि मौद्रिक उपकरण प्रयोग गर्ने क्रममा व्याजदर कोरिडोर मार्फत सो कार्य गर्न लागेको हो । ३ प्रतिशत भन्दा कम व्याजदरमा राष्ट्र बैंकले २ साताको लागि वित्तीय प्रणालीबाट सो रकम उठाउने भएको छ ।

पछिल्लो समय सरकारको खर्चमा आएको सुधारको कारण वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको अनुसार अहिले वित्तीय प्रणालीमा ४० अर्ब रुपैयाँ भन्दा बढि तरलता रहेको छ ।

यता राष्ट्र बैंकले वित्तीय प्रणालीमा तरलता सहज बन्दै गएको मौद्रिक उपकरणको प्रयोगले रकम उठाउने भनिएता पनि बैकहरुले निक्षेपको व्याजदरमा वृद्धि गरेको छ । बैंकहरुले तरलता पर्याप्त मात्रामा नभएको कारण निक्षेपको व्याजदरमा वृद्धि गरेको जनाएको छ । तर बैंकहरुले निक्षेपमा व्याजदर बढाएर निक्षेप एक बैंकबाट अर्काे बैंकमा सार्ने प्रवृति हाबी भएको देखाउँछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x