Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मौद्रिक नीति बहस – होला त  सेयर धितो कर्जा र घर कर्जा खुकुलो ?

मौद्रिक नीति बहस – होला त  सेयर धितो कर्जा र घर कर्जा खुकुलो ?

काठमाडौ,७ असार ।  आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा तथा घर कर्जा सम्वन्धी नीतिलाइ यथावत राख्ने भएको छ । सरकारले विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेको हुनाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर धितो कर्जा तथा घर कर्जालाई नचलाउने भएको हो  सेयर धितो कर्जा र घर कर्जा खुकुलो बनाएको खण्डमा सरकारको विकास निर्माणका लागि आवश्यक लगानीको स्रोतमा असर पर्ने सक्ने भन्दै त्यो ब्यवस्थालाई यथावत राख्ने निश्कर्षमा बैंक पुगेको हो ।  यसैगरी केन्द्रीय बैंकले मर्जरलाइ सहजीकरण गर्ने भएपनि मौद्रिक नीतिमार्फत बाध्यकारी मर्जरको नीति नलिने देखिएको छ । बैंकहरूले संख्या धरै भएकाले समस्या आएको भन्ने सुझाव दिएको भए पनि सबै बैंकरहरू यस विषयमा सहमत देखिदैनन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तवरबाट स्रोत बढाउने खालको मौद्रिक नीति आउने छ भने पछिल्लो समयमा केन्द्रीय बैंकले बैंकहरूका लागि विदेशी बैंक वित्तीय संस्थावाट कर्जा लिनसक्ने गरी ल्याएको व्यवस्थालाई पनि मौद्रिक नीतिले थप व्यवस्थित गर्ने भएको छ ।

यसै गी बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सीसीडी हटाउन सुझावसमेत दिएको अवस्थामा राष्ट्र बैंक भने तत्काल सीसीडी नहटाउने बताएको छ   । बासल–३ पूर्ण रूपमा कार्यान्वयन नभएको हुनाले अर्को विकल्प नभएसम्म सीसीडी हटाउन नसक्ने राष्ट्र बैकले बताएको छ ।

मौद्रिक नीतिमार्फत नगद सञ्चिती अनुपात र वैधानिक तरलता अनुपात दुवै घटाइने भएका छ । सरकारले बजेटमार्फत विस्तारित नीति लिएको हुनाले मौद्रिक नीतिमा पनि सक्दो धेरै स्रोत जुटाउने नीति लिइने भएको हो । हाल कायम रहेको सीआरआर र एसएलआर केही घटाउँदा बैंक वित्तीय संस्थालाई लगानीका लागि स्रोत जुट्ने भएकाले पनि घटाउन लागिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x