Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अनिल शाह भए नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत

अनिल शाह भए नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत

काठमाडौं, ७ असार । नबिल बैंकको संचालक समितिले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । शाहलाई बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट पदोन्नति गरेर उक्त पदमा नियुक्त गरेको हो ।

शाह बैंकिङ क्षेत्रमा एक परिचित हुन् । उनले स्ट्याण्डर्ड चार्टर्ड तत्कालिन ग्रिनलेज बैंकबाट आफ्नो बैंकिङ यात्रा शुरु गरेका थिए । त्यस पछि उनी नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए र मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाली पुनः नबिल बैंकमा प्रवेश गरेका हुन् ।

राष्ट्र बैंकले सिईओहरुलाई कुलिङ पिरियड लागु गरेपछि शाह नबिल बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतमा गएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x