Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वायु सेवा निगमले भित्र्यायो बाइडबडी विमान, अगस्ट १ बाट व्यवसायीक उडान भर्ने

वायु सेवा निगमले भित्र्यायो बाइडबडी विमान, अगस्ट १ बाट व्यवसायीक उडान भर्ने

काठमाडौं, १४ असार । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एअरबस ३३० आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। बिहान ८ः२० मा जहाज विमानस्थलमा अवतरण गरेको थियो ।

निगमले खरिद गरेको अन्न्पूर्णु नामाकरण गरिएको ‘ए ३३०–२००’ सिरिजको यो जहाज २८० सिट क्षमता रहेको छ। यो जहाजको व्यावसायिक उडान भने आगामी अगस्ट १ बाट हुने निगमले जनाएको छ ।

अमेरिकी कम्पनी एएआरसँग खरिद गरेका दुई वाइडबडी विमानमध्ये यो पहिलो विमान हो । आउँदो महिना थप अर्को वाइडबडी जहाज पनि छ । नयाँ वाइडबडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना रहेको निगमले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x